उपर्युक्त विषयमा हाल विश्वब्यापी कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण विद्यालय बन्द रहेको र खुलिनसकेको यस विषम परिस्थितिमा यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक सत्र २०७७ सालको पाठ्यपुस्तक सामाजिक दुरी कायम गरी वितरण गरिने भएकोले तपसिल बमोजिमका मिति र समयमा पाठ्यपुस्तक बुझिलिनका लागि विद्यालयमा सम्पर्क गर्नुहुन सम्पुर्ण अभिभावक एवम् विद्यार्थीहरुमा अनुरोध छ ।
तपसिलः
क्र.सं. | कक्षाहरु | पुस्तक वितरण मिति | समय |
१ | १ देखि ६ सम्म | २०७७ जेठ २८ गते | विहान १० बजेदेखि १ बजेसम्म |
२ | ७ देखि ८ सम्म | २०७७ जेठ २९ गते | विहान १० बजेदेखि १ बजेसम्म |
३ | ९ देखि १० सम्म | २०७७ जेठ ३० गते | विहान १० बजेदेखि १ बजेसम्म |
नोटः छुटपुट भएका विद्यार्थीहरुको हकमा जेठ ३२ गते सोहि समयमा वितरण गरिनेछ ।
सम्पर्कको लागिः ९८४५८००९७७, ९८६३५५५४१०, ९८४५०२८८६४